पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश ३ का दुई विधेयक पारित

हेटौँडा । ३ नम्बर प्रदेशसभाको आज बसेको बैठकले प्रदेशको आकस्मिक कोषको स्थापनासम्बन्धी विधेयक २०७५ र प्रदेशको वित्तीय व्यवस्थापन गर्ने विधेयक २०७५ लाई बहुमतले पारित गरेको छ ।

भोलि अपरान्ह ३ बजे प्रदेश सरकारको आगामी आब २०७५।७६ का लागि बजेट सार्बजनिक गर्ने कार्यक्रम रहेको प्रदेश सभामुख सानुुकुमार श्रेष्ठले बैठकमा जानकारी दिनुभयो ।