पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दुर्घटनामा परी दुई जनाको ज्यान गयो

बागलुङ्ग । बागलुङ्गको ताराखोला गाउँपालिका ३ मा जिप दुर्घटना हुदा दुईजनाको घटनास्थलमै मृत्यु हुनुका साथै अन्य दुईजना गम्भिर घाईते भएका छन् । 

मृत्यु हुनेमा ताराखोला ३ का २४ वर्षीय हेमन्त घिमिरे र सोही स्थानका ५५ वर्षीय हरीराम गिरी रहेका छन् ।

जिप दिउसो १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकदेखि करिब ५ सय मिटर तल खसेको थियो ।