पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘बालबालिकाका समाचार संप्रेषण गर्दा संवेदनशील हुनुपर्छ’ 

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सञ्चार क्षेत्रले बालबालिकाका समाचार संप्रेषण गर्दा संवेदनशील हुनुपर्ने बताउनु भएको छ ।  

आज काठमाडौमा  बाल संवेदनशील  राष्ट्रिय पत्रकारिता पुरस्कार तथा लैङ्गिक समानता पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार र सगरमाथा आरोहण गर्ने पत्रकारलाई बधाइ दिँदै मन्त्री थापाले समाजमा रहेका विकृति विसंगतिलाइ न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । 

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द्र आचार्यले बालबालिकासँग सम्बन्धित सामाग्रीहरु प्रकाशन तथा प्रसारण गर्दा त्यसले पार्नसक्ने प्रभाव बारे पत्रकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

बालकल्याण समितिका अध्यक्ष बबिना श्रेष्ठ, केन्द्रीय बालकल्यण समितिका कार्यकारी निर्देशक तारक धिताल लगायतले पुरस्कृत पत्रकारलाई बधाई दिनुभयो ।