पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विश्वकप फुटबल आज शुरु हुँदै 

काठमाडौं । विश्वभरि नै सर्वाधिक रुचाइएको खेल फुटबलको विश्वकप आजदेखि शुरु हुँदैछ । 

प्रत्येक चार वर्षको अन्तारालमा अन्तराष्ट्रिय फुटबल महासंघ फिफा ले आयोजना गर्ने यस पटकको विश्वकप फुटबल प्रतियोगिता रसियाको राजधानी मस्कोमा हुँदैछ । 

विश्वकप फुटबलको यो २१ औं संस्करण हो । नेपाली समयअनुसार बेलुका सभा ८ बजे मस्कोस्थित लुझिनिकी रंगशालामा एक विशेष समारोहका बीच विश्वकप फुटबल शुरु भएपछि पहिलो खेल रसिया र साउदी अरेबियाबीच हुनेछ । 

३२ राष्ट्रले प्रतियोगितामा विभिन्न समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् । 

ख्ेलका लागि एघार वटा शहरमा १२ वटा रंगशाला तोकिएका छन् । एक महिनासम्म चल्ने प्रतियोगिता रसियाका १५ लाख दर्शकले प्रत्यक्ष हेर्नेछन् भने टेलिभिजनबाट ३ अर्ब मानिसले प्रत्यक्ष प्रसारण मार्फत् हेर्ने छन् ।