पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘सम्बन्ध बलियो बनाउनेमा भ्रमण केन्द्रित हुनुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकोे चीन भ्रमण दुई देशबीचको सम्बन्ध अझै बलियो बनाउने विषयमा केन्द्रित रहनुपर्नेमा विभिन्न दलका नेताहरुले जोड दिनुभएको छ ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टिका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण राजनीतिक भन्दा पनि सद्भावपूर्ण हुने भएकोले मुलुकको विकास निर्माण र समृद्धिको बाटो खोल्न भम्रण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्रीले भ्रमणका क्रममा चीनको वान बेल्ट वान रोडको वेल्ट एण्ड रोड ईनिसिएटिभ र व्यापार तथा पारवाहनमा पनि विशेष पहल गर्नुपर्ने पनि नेता शर्माले बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा नेपालको लिपुलेक र नेपालमा चीनवाट अनुदानमा सहयोगबाट रेल ल्याउनका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिनुुभयो ।