पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्रीको भ्रमणबाट सम्बन्ध सुदृढ हुनेः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका क्रममा केही सम्झौता र सहमतिपत्रमा हस्ताक्षर हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल–चीन व्यापार तथा सहयोगका नयाँ क्षेत्रमा समेत छलफल हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

कार्यक्रममा मन्त्री ज्ञवालीले विदेश स्थित नेपाली कुटनैतिक नियोगहरुलाई प्रभावकारी बनाउने र राजदुतहरुको नियुक्तिका विषयमा मन्त्रालयले प्रक्रिया अगाडी बढाएको जानकारी दिनुभयो ।