पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मूल्यसूची राख्न खुद्रा व्यवसायीलाई निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्यरुपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ । 

बजारमा वस्तुको मूल्यमा एकरुपता कायम राख्न काठमाडौमा आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक योगेन्द्र गौचनले बजेट जारी भएपछि व्यवसायीले विभिन्न वस्तुमा आफूखुसी मूल्य वृद्धि तथा वस्तुको कृत्रिम अभाव गरेको उजुरी आएको जानकारी गराउनुभएको थियो । 

व्यापारीले मूल्य सूचीका साथै बिल बीजक जारी नगरे कारवाही गरिने उहाँले  वताउनुभयो ।