पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बिहीबार ५.२३ प्रतिशतको सुधार

काठमाडौं । सेयर बजारमा केही उत्साह देखिएको छ । साताको अन्तिम दिन बिहीबार ५.२३ प्रतिशतको सुधार देखिएको हो । 

बिहीवार ३१ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले नयाँ ल्याउन लागेको अनलाइन प्रणाली ब्रोकर मार्फत परीक्षण सुरु गरेसँग बजारमा उत्साह देखिएको हो ।

नेपाल स्टक एक्सचेन्सले चारवटा ब्रोकरलाई आन्तरिक रुपमा अनलाइन परीक्षणका लागि निर्देशन दिएको थियो ।