पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पचास हजार लिटर घरेलु मदिरा नष्ट 

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले आज ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । 

परिसरले काठमाडौँका विभिन्न वृत्त तथा प्रभागबाट संकलन गरेको मदिरा आज नष्ट गरेको हो । 

महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले काठमाडौँलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने उदेश्यले बिशेष कदम चालेको जानकारी दिनुभयो ।