पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महाधिवेशन छिट्टै गर्नुपर्छः नेता कोइराला

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगरमा आज पत्रकारसँग कुरा गर्दै कोइरालाले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने बताउनुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले सहमति र विधान नमान्ने गरेको आरोप लगाउँदै पार्टी एक ढिक्का हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । 

एक अर्को प्रसंगमा कोइरालाले सरकारविरुद्ध आन्दोलन गर्ने बेला नभएको भएपनि मुलुकमा दण्डहीनता बढेको बताउँनै संघीय सरकारले कूल बजेटको नौ प्रतिशत  मात्र प्रदेशका लागि छुट्याएकाले प्रदेशको विकास निर्माण प्रभावित हुने धारणा राख्नुभयो ।