पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विकासका लागि पारदर्शी र सुशासन हुनुपर्छः गच्छदार

इनरुवा । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले देश विकासका लागि सत्तारुढ दलले पारदर्शी र सुशासनका साथ काम गर्नुपर्ने बताउनुभएको छ । 

सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा नेता गच्छदारले काँग्रेस नेतृत्वको सरकारले गरेको निर्णय र कार्यको विरोध गरेर वर्तमान सरकारले सुशासन र पारदर्शिताको अभाव प्रदर्शन गरेको आरोप लगाउनुभयो ।