पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विचार कार्यान्वयन गरिछाड्नेः भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भटट्राईले मुलुकलाई समृद्ध बनाउँने आफ्नो पार्टीको विचारलाई कार्यान्वयन गरिछाड्ने बताउनुभएको छ ।

पार्टी स्थापना दिवसको अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा संयोजक डाक्टर भटट्राईले मुलुकलाई समुन्नत, सुशासन र समृद्धिको दिशामा लैजाने नयाँ विचारका साथ स्थापना भएको पार्टीको विचारलाई कार्यान्वयन गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त जनाउँनुभयो ।

संयोजक भटटराईले नेपाल भ्रष्टाचार र कुशासनबाट ग्रस्त रहेकाले सबै बेथितिको अन्त्य गर्दै समून्नत समाज निर्माण गर्ने जिम्मेबारी पार्टी सामू रहेको बताउँनुभयो ।

पार्टी स्थापना दिवसका अवसरमा आज बिहान काठमाडौंमा पदयात्रा गरिएको थियो ।