पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने

काठमाडौँ । सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारवाही अभियान सञ्चालन गर्ने भएको छ । 

आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्ने समझदारी भएको हो । 

विद्युत् चोरी नियन्त्रणका लागि प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालय र विद्युत् प्राधिकरण शाखा कार्यालयबीच संयुक्त कार्ययोजना बनाइ अभियान सञ्चालन गर्ने निर्णय भएको छ । 

बैठकमा विद्युत् निर्माण आयोजना स्थलमा सुरक्षाको प्रत्याभूति गर्न थप सुरक्षा आवश्यक भएमा गृह मन्त्रालयमार्फत सक्रियतापूर्वक कार्य गर्ने निर्णय भएको छ । 

यस्तै सडक निर्माणमा विद्युतका पोल समस्याका रुपमा रहेकाले अन्तर निकाय समन्वय गरी अत्यावश्यक स्थानमा तत्काल बिजुलीका पोल सार्ने निर्णय भएको छ ।