पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

२०२६ को विश्वकप ३ देशले संयुुक्त रुपमा आयोजना गर्ने

काठमाडौं । २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सीकोले संयुुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

यी तिन राष्ट्रसगै मोरक्कोले पनि विश्वकप आयोजना गर्नका लागि ईच्छा व्यक्त गरेको थियो ।

फिफा काँग्रेसमा भएको मतदानमा अमेरिकाको पक्ष्यमा १ सय ३४ मत खसेको थियो भने मोरक्कोले मात्र ६४ मत प्राप्त गर्यो ।

सन् २०२२ को विश्वकप कतारमा हुने भनेर यस अघि नै तय भईसकेको छ ।