पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण

अछाम । अछाम जिल्लामा रहेका सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण गरिएका छन । डिभिजन सहकारी कार्यालय डोटी मातहत जिल्लामा सञ्चालित सहकारी जिल्लाका १० वटै स्थानीय तहमा हस्तान्तरण गरिएका हुन् । 

जिल्लाका २ सय २८ मध्ये डिभिजन कार्यालयमा दर्ता सहित नियमित नवीकरण, लेखा परिक्षण भएका १ सय ८८ सहकारी अब स्थानीय सरकारको मातहतमा चल्ने भएका हुुन् । 

सहकारी संस्थाको अभिलेखन हस्तान्तरण र स्थानीय तहका पदाधिकारी तथा अधिकृतहरुको २ दिने अभिमुखिकरण कार्यक्रमको उदघाट्न कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुँवरले १० वटै स्थानीय तहका प्रमुखलाई फाईलसहित सहकारी हस्तान्तरण गर्नु भएको थियो ।