पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गैरआवासीय नेपाली संघद्वारा विज्ञ सम्मेलनको तयारी

काठमाडौं । गैरआवासीय नेपाली संघले गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोबर १२ र १३ तारिखमा हुने २ दिने विज्ञ सम्मेलनको तयारी शूरु गरेको जनाएको छ ।

संघले विदेशमा बस्ने नेपालीहरुको ज्ञान सीप राष्ट्रहितका लागि प्रयोग गर्ने क्षेत्र र विधिको पहिचान गर्न विज्ञ सम्मेलन गर्ने निर्णय गरेको जनाएको छ ।

सम्मेलनको पूर्व तयारीस्वरुप आउँदो जुन १६ र १७ तारिखमा अमेरिकाको  सान फ्रान्सिस्को शहरमा विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण सभाको तयारी भएको संघले जनाएको छ ।

अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक  आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने कार्यक्रम रहेको छ । 

सम्मेलनमा स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार तथा सहरी विकास, कृषि तथा खाद्य सुरक्षा, श्रम तथा वैदेशिक रोजगार, लगानी, लगायतका विषयलाई नीतिगत तथा विषयगत रुपमा प्रस्तुत गरी बृहत छलफलपछि सानफ्रान्सिस्को घोषणा पत्र जारी गर्ने कार्यक्रम रहेको गैर आवासीय नेपाली संघका प्रवक्ता भुुषण घिमिरेले विज्ञप्ती मार्फत जानकरी गराउनुभएको छ ।