पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अर्थतन्त्रको आकार ठूलोः गभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले लगातार २ वर्षको आर्थिक वृद्धिले नेपालको अर्थतन्त्रको आकार ठूलो भएको बताउनु भएको छ ।

आइबिएन मिडाया रिसर्चले आगामी आर्थिक बर्षको मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गर्भनर नेपालले सरकारले तय गरेको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पुरा हुने र चालु आर्थिक गणनाले नेपालको जिडिपी अझ फराकिलो हुने अवस्था रहेको बताउनुभयो । 

गभर्नर नेपालले भने नेपालीले विदेशमा कमाएको पैसा ल्याउन नै गाह्रो रहेको वर्तमान अवस्थामा विदेशी पैसा ल्याउन अझ धेरै गाह्रो रहेको बताउनुभयो । 

कार्यक्रममा बैंकरहरुले अहिलेको तरलताको समस्या समाधानको लागि विदेशबाट पूँजी ल्याउन पहल गरेको तर हेजिङ कष्ट तथा यसको क्यापले समस्या पारेको गुनासो गरेका थिए ।