पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कार्यकारी राष्ट्रपति प्रणाली काँग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने : डा.शेखर कोइराला

कुमोद अधिकारी/रेडियाे नेपाल

विराटनगर, जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकारी राष्ट्रपति प्रणाली काग्रेसलाई कुनैपनी हालतमा मान्य नहुने वताउनु भएको छ ।प्रेश युनियन मोरङले विराटनगरमा आज विहान गरेको पत्रकार सम्मेलनमा उहाले वर्तमान सरकारले दुई तिहाइको बलमा कार्यकारी राष्ट्रपति प्रणाली ल्याउन खोजिए कांग्रेसलाई स्वीकार्य नहुने वताउनुभयो । 
वहुजाति, वहुभाषि भएको मुलुकमा कार्यकारी राष्ट्रपति प्रणाली पद्धति  नमिल्ने र जनतालेपनी त्यसलाई नस्वइकार्ने  उहाको तर्क थियो । नेता कोइरालालले आगामी पाचवर्ष सम्म काग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । कांग्रेस प्रतिपक्षमा वसेपनी विकास र समवृद्धिको एजेण्डामाभने पार्टिको सक्दो सहयोग रहने उहाले वताउनुभयो । एक प्रश्नमा उहाले सरकारको विरुद्धमा आन्दोलनगर्ने वेला अहिले नआएको बताउनुभयो । सरकारले न्यायालयलाई हस्तक्षेपगर्न खोजेको , मुलुकमा दण्डहिनता वढेको  भन्दै त्यसका विरुद्ध कांग्रेसले एक भएर खवरदारी गर्नुपर्ने उहाले वताउनुभयो ।  
नेता कोइरालाले कांग्रेस विचको गुट गुटका कारण पार्टि कमजोड वन्दै गएकाले कांग्रेसमा एकता आवश्यक रहेको बताउनुभयो ।  आपसी लडाईका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेकाले अर्लि महाधिवेशन वोलाएर कांग्रेसलाई एक ढिक्का वनाउनुपर्ने उहाले वताउनुभयो ।
उहाँले सरकारले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई वेवास्ता गरेर एकलौटि रुपमा अघि वढन खोजेको उहाले आरोप लगाउनुभयो ।नेता कोइरालालले संघिय सरकार प्रदेश सरकारलाई दिएको वजेट थोरै भएकाले  संघियता कार्यान्वयमा समस्यापर्ने वताउनु भयो । उहाले संघियता कार्यान्वयनसंगै सवै हक अधिकार अव प्रदेश र स्थानियतहा आई सकेको अवस्थामा संघिय सरकारले प्रदेस सरकारलाई वजेट विनियोजितगर्न कन्जुसाई गर्न नहुने उहाँको भनाई थियो ।