पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आन्तरिक पर्यटकको आगमनमा वृद्धि

ज्ञानेन्द्र न्यौपाने, रसुवा । रसुवाको स्याफ्रुबेँसी, लाङ्टाङ र स्याङजेन क्षेत्रलाई रेडपाण्डा पदमार्ग नामकरण गरीएपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ ।

प्रदेश नम्बर ३ सरकारले स्याफ्रुबेँसी–लाङ्टाङलाई रेडपाण्डा पदमार्ग घोषणा गरेलगत्तै आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताउनुभयो । 

पर्यटक आगमनमा वृद्धिसँगै राजश्व वृद्धि हुने, पथ प्रदर्शक र होटल व्यवसायबाट स्थानीयले आयआर्जन गर्न सक्ने रेग्मीले बताउँनुभयो ।