पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विद्युत् चोरीमा संलग्न १७ जना पक्राउ

राजविराज । प्रहरीले विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत आज विद्युत् चोरीको आरोपमा सप्तरीमा १७ जनालाई पक्राउ गरेको छ । 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराज, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न ठाउँबाट विद्युतको पोलमा हुकिङ गरिरहेका १७ जनालाई पक्राउ गरिएको विद्युत् प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो ।