पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इकाइ प्रमुख सुवेदीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाई इनरुवा सुनसरीका प्रमुख खगेन्द्रप्रसाद सुवेदीले घुस लिएको आरोपमा आज विशेष अदालत काठमाडौमा मुद्वा दायर गरेको छ ।

आधारभुत विद्यालय भन्टावारीका लागि भौतिक सुधार कार्यक्रम अन्तर्गत बजेट पारिदिने आश्वासनमा सुवेदीले ५० हजार रुपैया घुस लिएको उजुरीका आधारमा नियन्त्रणमा लिएर मुद्वा दायर गरेको अख्तियारले जनाएको छ ।

सुवेदीलाई भ्रष्टाचार निवारण ऐन अनुसार बिगो र कैद सजाँयको माग दाबी गरिएको अख्तियारले जनाएको छ ।