पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बजेटबाट कृषिको विकासमा मद्दत पुग्छः कृषिमन्त्री 

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आर्थिक वर्ष ७५–७६ को बजेटले समग्र कृषि क्षेत्रको विकासमा मदत पुग्ने बताउनुभएको छ । 

नेपाल कृषि पत्रकार प्रतिष्ठान र राष्ट्रिय कृषक समुह महासंघले आज काठमाडौँमा गरेको साना किसानको नजरमा आर्थिक वर्ष ७५–७६ को कृषि बजेट समिक्षा कार्यक्रममा मन्त्री खनालले बजेटमा आगामी ५ वर्षमा कृषि उत्पादनलाई दोब्बर बनाउने, कृषकलाई व्याज अनुदान, कृषि ज्ञान केन्द्र जस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो ।