पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शेयर बजार सामान्य अंकले घट्यो

काठमाडौं । सोमबार केही बढेको नेपाली शेयर बजार मंगलबार सामान्य अंकले घटेको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९३ बिन्दुले घटेर १ हजार २३९.२६ बिन्दुमा झरेको  छ । मंगलबार सेन्सिटभ इन्डेक्स पनि ०.६४ बिन्दुले घटेर २६०.४७ बिन्दुमा पुगेको छ । 

मंगलबार शेयर बजारमा कूल १६० कम्पनीहरुका ९ लाख ४७ हजार ३९३ कित्ता शेयरहरु २९ करोड ९० लाख ९३ हजार ५७९ रुपैयामा किनबेच  भएका छन् । 

स्टकमा मंगलबार फाइनान्स, बीमा र उत्पादनमुलक समूहको कारोबार बढेको छ भने अन्य सबै उपसमुहको कारोबार घटेको छ ।