पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रकम भुक्तानी गर्न पहल गरिनेः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माण व्यवसायीको सरकारले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न पहल गर्ने बताउनुभएको छ । 

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलसँग भएको भेटमा अर्थमन्त्री खतिवडाले सम्बन्धित मन्त्रालय तथा विभागसँग समन्वय गरी व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भएको हो । 

महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मणकुमार रानाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सरकारी निकायले भुक्तानी गर्नुपर्ने ४२ अर्बभन्दा बढी रकम प्राप्त नहुँदा देशभरका व्यवसायी मारमा परेको जानकारी अर्थमन्त्री खतिवडालाई गराएको थियो । 

प्रतिनिधि मण्डलले अत्यधिक भार भएका उपकरणमा लाग्ने कर मिनाहा गरिदिन आग्रह पनि गरेको महासंघले विज्ञप्ती मार्फत जनाएको छ ।