पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चितवनमा रगत अभाव

चितवन । चितवनमा  दैनिक १०० युनिटभन्दा बढी रगतको माग बढेपछि रगतको अभाव भएको छ । 

चर्काे गर्मी, क्याम्पस बिदा, विद्यार्थीको परीक्षा, खेतीपातीको मौसम लगायतका कारण रक्तदान गर्नेको कमी भएपछि रगतको अभाव भएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेल बताउनुभयो । 

जिल्लाका ३०० संघसंस्थाले तालिका बनाएर रक्तदान गर्ने गरेको भए पनि बैशाख १५ देखि भदौ १५ गतेसम्म विगतका वर्षहरुमा झैँ यस वर्ष पनि रगतको अभाव हुन थालेको उहाँले बताउनुभयो । 

जिल्ला    को सदरमुकाममा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुईटा मेडिकल कलेज र भरतपुर अस्पतालसहित दुई दर्जन निजी अस्पतालमा दैनिक हुने शल्यक्रियाका कारण रगतको माग बढी हुने गरेको छ ।