पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एक दिवसीय क्रिकेटको उपाधि ए पी एफले जित्यो

काठमाडौं । सशस्त्र प्रहरीको ए पी एफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा सोमबार सम्पन्न फाईनलमा ए पी एफ ले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा २ सय ९ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।

त्रिभुवन आर्मी क्लबका ब्याट्स् म्यान् भीम सार्कीले सर्वाधिक ४५ रन बनाए । यता बलिङ्गतर्फ ए पी एफ का करन केसीले सर्वाधिक ३ विकेट लिए ।

२ सय १० रनको विजयी लक्ष्ये ए पी एफ ले ४१.२ ओभर मै ४ विकेटको क्षतिमा प्राप्त गर्यो ।

ए पी एफ का अनिल कुमार साह र प्रदीप सिंह ऐरी दुवैले समान ६३ रनको योगदान गर्दै अर्ध शतक पुरा गरे । 

बलिङ्गतर्फ त्रिभुवन आर्मीका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए ।

फाईनल खेलको प्लेएर अफ दि म्याच घोषित भएका ए पी एफ का अनिल कुमार सहाले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा प्रथम भएको ए पी एफ क्लबले २० लाख र दोस्रो भएको त्रिभुवन आर्मी क्लबले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

त्रिभुवन आर्मी क्लबका सुशन भारी उत्कृष्ट बलर र ए पी एफ का प्रदीप सिंह ऐरी उत्कृष्ट ब्याट्सम्यान घोषित हुँदै समान ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यसैगरी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भएका त्रिभुवन आर्मी क्लबका सागर पुनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट लगायतले विजयी खेलाडी तथा प्रतियोगितामा सहभागीहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो ।