पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नाडाललाई फ्रेन्च ओपन टेनिसको उपाधि

काठमाडौं ।  राफेल नाडालले फ्रेन्च ओपन टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

राजधानी पेरिसमा आईतबार सम्पन्न फाईनलमा विश्व नम्बर एक स्पेनिस खेलाडी नाडालले सातौँ स्थानमा रहेका अष्ट्रियन खेलाडी डोमिनिक थाईमलाई ६–४, ६–३ र ६–२ को सेटमा पराजित गरेका थिए ।

नाडालले यो समेत गरेर ११ पटक फ्रेन्च ओपनको उपाधि जितका छन् भने यो समेत १७ पटक ग्रयाण्डस्ल्यामको उपाधि उचालेका छन् ।

स्विस खेलाडी रोजरर फेडररले मात्र अहिले सम्म सर्वाधिक २० वटा ग्रयाण्डस्ल्यामको उपाधि जितेका छन् ।

फ्रेन्च ओपन महिला टेनिसको उपाधि रोमानीयाकी सिमोना हेलेपले जितेकी छिन् ।

पेरिसमा शुक्रबार भएको फाईनलमा विश्व नम्बर एक सिमोनाले १० औँ स्थानकी स्लोआने स्टेफनसलाई ३–६, ६–४ र ६–१ को सेटमा पराजित गरेकी थिईन् ।