पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जेसिज आधारभूत विद्यालयमा तालाबन्दी

संजवि बिक्रम शाह/रेडियो नेपाल 
सप्तरी ,  २८ जेठ । सप्तरीको रुपनी गाउँपालिका २ स्थित जेसिज आधारभूत विद्यालयमा तालाबन्दी गरिएको छ । घुस खाएर कमजोर उम्मेदवारलाई शिक्षक नियुक्तिको तयारी गरिएको भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्य तथा स्थानीय अभिभावकले विद्यालयको कार्यालयमा तालाबन्दी गरेका हुन् । तालाबन्दीसहित विद्यालयमा उत्पन्न समस्या समाधानको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतबार उनीहरुले उजुरीसमेत दर्ता गराएका छन ।
विद्यालयमा प्राथमिक शिक्षक तृतीय तह (राहत) को दरबन्दी पदपूर्तिका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण यादव र प्रधानाध्यापक सूर्यनारायण मण्डलले ६ लाख रकम लिएर स्थानाकोत्तर गरेका उम्मेदवारलाई हटाई कमजोर व्यक्तिलाई नियुक्तिको तयारी गरेको उजुरीमा उल्लेख छ ।
विद्यालय निरिक्षकलाई नराखी गैरकानुनी रुपमा शिक्षक छनोट समितिमा गठन गरिएको भन्दै निष्पक्ष परीक्षा सञ्चालन र योग्य व्यक्तिलाई नियुक्ति गर्न उजुरीमा माग गरिएको छ । सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले शिक्षा विकास तथा समन्वय इकाइमा उजुरी पठाई वास्तविक्ता बुझेर राय पेश गर्न निर्देशन दिएका छन् ।