पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वरिष्ठ गीतकार रिजाल सम्मानित

काठमाडौं । गीतकार सङघ नेपालले अमर भावना ‘राष्ट्रिय स्रष्टा सम्मान २०७४’ बाट बरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई सम्मान गरेको छ । 

सङ्घले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘राष्ट्रिय स्रष्टा सम्मान २०७४’ बाट वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई १ लाख नगद र ताम्रपत्र सहित सम्मान गरेको हो । 

यसैगरी सङ्घले बर्षगीत पुरस्कार सुमन बैरागी र पवित्रा राईलाई संयुक्त रुपमा प्रदान गरेको छ भने वर्षगीत पुस्तक पुरस्कार सुमन सापीत र जानुका राईलाई संयुक्त रुपमा प्रदान गरेको छ । दुवै पुरस्कारको राशी ५१–५१ हजार रुपैयाँ रहेको छ । 
यसैगरी ११ हजार राशीको डायस्पोरा गीतकार सम्मान, गीतकार राखी  गौचनलाई प्रदान गरेको छ । 

सम्मानित सबैलाई पूर्वराष्ट्रपति डा. रामवरण यादवले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।  

समारोहमा वरिष्ठ गीतकार रत्नशमशेर थापा, किरण खरेल, यादव खरेल, राजेन्द्र थापा, डा. भोजराज घिमिरे लगायत सहभागी हुनुहुन्थ्यो ।