पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

माग सम्बोधन भए सरकारमा जान तयारः ठाकुर

अजय कुमार झा, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टीले उठाएका मागहरु सम्बोधन भए पार्टी सरकारमा जान तयार रहेको बताउनु भएको छ ।

राजपाका अध्यक्ष ठाकुरले आज जनकपुर विमान स्थलमा पत्रकारसँगको कुराकानीमा संविधान संशोधन, आन्दोलनको क्रममा घाईते भएकालाई उपचार, झुठा मुद्दाको खारेजी तथा थुनामा रहेकाहरुलाई रिहाई गरिए सरकारमा जान तयार भएको बताउनुभयो ।