पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताउनुभएको छ । 

निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग काठमाडौंको पेरिसडाँडामा आज भएको छलफलमा अध्यक्ष प्रचण्डले काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या देशमा विद्यमान रहेकोमा त्यसलाई अन्त्य गरिनुपर्ने बताउनुभयो । 

अध्यक्ष प्रचण्डले सम्वृद्धि र विकासको यात्रामा सिंगो देश रहेको बेला ठेक्का लिएर काम सम्पन्न नगर्ने प्रवृत्तिप्रति निर्माण व्यावसायीहरु पनि सचेत  हुनुपर्नेमा जोड दिनुभयो ।