पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ए पी एफ एक दिवसीय क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं । सशस्त्र प्रहरीको ए पी एफ क्लब प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा शनिबार भएको दोस्रो सेमिफाईनलमा ए पी एफ ले नेपाल पुलिस क्लबलाई डक ओर्थ लुईसको माध्यमबाट ९ रनले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित पारेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको ए पी एफ ले ४८.५ ओभरमा २ सय ८ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

ए पी एफ का अनिल कुमार शाहले सर्वाधिक ४५ रनको योगदान गरेका थिए ।

दोस्रो ईनिङ्ग शुरु हुनु अघि पानी पर्न थालेकाले नेपाल पुलिसको निर्धारित ओभरलाई २८ बनाउँदै लक्ष्य १ सय ४१ रन तय गरिएको थियो ।

तर नेपाल पुलिसले २८ ओभरमा ९ विकेटको क्षतिमा १ सय ३१ रन मात्र बनाउन सक्यो ।

बलिङ्ग तर्पm ए पी एफ का लागि सर्वाधिक ३ विकेट लिने अमर रौटेला यस खेलका प्लेएर अफ दि म्याच घोषित भए ।

प्लेएर अफ दि म्याचका लागि रौटेलालाई १० हजार रुपैँया पुरस्कार प्रदान गरिएको थियो ।

नेपाल पुलिस क्लबले फाईनलको यात्रा तय गर्न नसके पनि सेमिफाईनल प्रवेश गरेकाले ५० हजार रुपैँया प्राप्त गर्यो ।

त्रिभुवन आर्मी क्लब र ए पी एफ क्लबबिचको फाईनल खेल आईतबार हुनेछ ।