पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नुवाकोट गोल्डकप फुटबलको उपाधि पुलिस क्लबलाई

नुवाकोट । नेपाल पुलिस क्लबले नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

नुवाकोटको बट्टारमा शनिबार सम्पन्न फाईनलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हाम्रा नुवाकोट समाचारदाता भोला पौडेलले जनाएका छन् ।

नेपाल पुलिस क्लबका रवि पाशवानले ५२ औँ मिनेटमा खेलको एक मात्र निर्णायक गोल गरेका थिए ।

प्रथम भएको नेपाल पुलिस क्लबले ५ लाख र दोस्रो भएको थ्री स्टार क्लबले ३ लाख रुपैँया पुरस्कार प्राप्त गरे ।