पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रिय गानका सङ्गीतकार गुरुङको स्मृतिमा ग्रन्थ प्रकाशित

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘अम्बर गुरुङ स्मृति ग्रन्थ’ प्रकाशन गरेको छ । 

प्रतिष्ठानका संस्थापक कुलपति, राष्ट्रिय गानका सङ्गीतकार गुरुङको दोस्रो स्मृति दिवसको अवसर पारेर आज स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो । 

स्मृतिग्रन्थमा गुरुङको कृतित्व र व्यक्तित्वबारे पाँच दर्जन लेख, रचना, संस्मरण तथा समालोचना समावेश गरिएको छ । 

ग्रन्थमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला लगायत गुरुङका सहकर्मीको लेख प्रकाशित गरिएको प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले जानकारी दिनुभयो । 

संगीतकार गुरुङको विसं २०७३ जेठ २५ गते निधन भएको थियो ।