पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

औलो रोगका दुई बिरामी भेटिए

दाङ । पश्चिम दाङको बबई गाउँपालिकाको विकट गाउँमा दुईजना औलो रोगका बिरामी फेला परेका छन् ।

राष्ट्रिय औलो रोग निवारण कार्यक्रमअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयले बिहीबार बबई गाउँपालिका–७ को मलै गाउँमा आयोजना गरेको स्वास्थ्य परीक्षणका क्रममा बबई गाउँपालिका–७ मलैलाका बलबहादुर बुढा र उहाँकी छोरी कमला बुढामा औलो रोग भेटिएको हो ।

मलै गाउँ पश्चिम दाङको निकै विकट क्षेत्र मानिन्छ ।