पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रतिष्ठान व्यवस्थित गर्न कार्यदल बनाइनेः मन्त्री अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्री रविन्द्र अधिकारीले तीनवटै प्रज्ञा प्रतिष्ठानलाई व्यवस्थित गर्न उच्च स्तरीय कार्यदल बनाइने बताउनुभएको छ । 

आज जनसांस्कृतिक महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री अधिकारीले प्रतिष्ठानहरुलाई संघीय ढाँचा र केन्द्रीय स्तरमा व्यवस्थापन गर्न सरकारले कार्यदल बनाउन लागेको जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले तीनवटै प्रज्ञा प्रतिष्ठानलाई एकै ठाउँमा गाभ्न नभइ व्यस्थापन गर्न सरकार लागि परेको बतानुभयो । 

सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रतिष्ठान र नेपाल ललित कला प्रतिष्ठानलाई एकै ठाउँमा गाभ्ने गरी बजेट छु्ट्याइएको भन्दै कलाकार, साहित्यकार तथा संस्कृतिकर्मीहरुले विरोध गरेका थिए ।