पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उरुग्वेद्वारा उज्वेकिस्तान ३–० ले पराजित

काठमाडौं । विश्वकपको तयारीमा रहेको उरुग्वेले मैत्रीपूर्ण खेलमा उज्वेकिस्तानलाई ३–० गोलले हराएको छ ।

राजधानी मोन्टेभिडियोमा खेलको ३२ औं मिनेटमा उरुग्वेका जर्जियन डे अरासकेटाले १५ यार्डबाट गरेको सुन्दर प्रहार गोलमा परिणत भयो । त्यस्तै दोस्रो हाफमा बार्सिलोनाका स्टार स्ट्राइकर सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए भने ७३ औं मिनेटमा जोसे मारिया गिमिनेजले कर्नरमा हेड गर्दै गोल गरे ।

अर्कामजोन कोमिलोभ ७९ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि उज्वेकिस्तान दश जनामा समेटिएको थियो । यससँगै लगातार तीन खेल जितेको उरुग्वेले पछिल्ला नौमध्ये एक खेलमा मात्रै हार बेहोरेको छ । 

सन् १९३० र १९५० को विश्वकप विजेता उरुग्वेले यस वर्षको विश्वकप यात्रा १५ जुनमा इजिप्ट विरुद्धको खेलमार्फत सुरु गर्नेछ ।