पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बंगलादेशविरुद्ध अफगानिस्तानको क्लिन स्वीप

काठमाडौं । बंगलादेशविरूद्धको टि–२० श्रृङ्खला अफगानिस्तानले क्लिन स्वीप गरेको छ ।

अन्तिम खेलमा १ रनको रोमाञ्चक जित हात पार्दै अफगानिस्तानले श्रृङ्खला ३–० ले कब्जा गरेको हो । 

भारतको देहरादुनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै १४५ रन बनाएका थियो । 

१४६ रनको लक्ष्य पछ्याएको बंगलादेश २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रनमा समेटियो ।