पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भियतनाम र कम्बोडियामा पर्यटन प्रर्वद्धन गरिने 

काठमाडौं । नेपालको पर्यटन उद्योगमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै  आएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघले भियतनाम, कम्बोडियालगायतका स्थानमा पर्यटन प्रवद्र्धन गर्ने भएको छ ।

नेपालको पर्यटन विकासमा योगदान पुर्याउने लक्ष्यका साथ सन् २००८ देखि प्रत्येक वर्ष नाट्टा प्रमोशनल टुर सञ्चालन गर्दै आएको संघले यसपटक कम्बोडिया, भियतनाम लगायतका स्थानमा पर्यटन प्रवद्र्धन गर्न लागेको हो ।

संघका महासचिव हरिराम अधिकारीका अनुसार यसअघिका वर्षमा छिमेकी मुलुक भारत, मलेसिया, सिंगापुर, दक्षिण कोरिया र बंगलादेशमा पर्यटन साझेदारी लगायतका विषयमा व्यावसायिक साझेदारी कार्यक्रम सम्पन्न गरिसकेको छ । 

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलका अनुसार प्रर्वद्धनका क्रममा विश्वका घुम्नै पर्ने प्रमुख १० देशमध्येको  नेपाल पनि एक हो भन्ने जानकारी गराइने छ ।