पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जल्लामा सडक निर्माणसंगै माछा लोपहुदै 

अछाम, २३ जेठ २०७५ । पछिल्लो समयमा अछाम जिल्लामा सडक संञ्जाल बिस्तार कार्यले तिब्रता पाएको छ । जिल्लाका साविकका ७५ वटै गाविसमहरु सडक संञ्जाल संग जोडीएका छन भने केही बर्ष यता त झन वडा र टोलहरुपनी सडक संञ्जाल संग जोडीने र जोड्ने काम तिब्ररुपमा भईरहेको पाईन्छ । 

सडक बिस्तार हुदा नागरिकलाई केही हदसम्म त सहज भएको छ बेफाईदापनी उतिकै छ । डोजर मार्फत सडक  खन्नु, भुक्षयको समस्या लगायतका कारणले पछिल्लो समयमा जलवायु परिवर्तनका समस्याहरु बढ्न थालेका छन । 

सडक बिस्तार त्यसको असर खोलानालाहरुमा बढी देखीन थालेको छ । खोला नालाहरुको माथीतिर सडक बिस्तार गर्नाले जिल्लाका अधिकांश स्थानीय खोलाहरुको पानी सुक्न थालेको छ भने त्यसको प्रत्यक्ष असर माछाहरुमा पर्न थालेको छ । जिल्लाका लेकतिर खनिएका सडकबाट बगेको माटोको कारणले खोलाका खाडलहरु पुरिने, माछाको आश्रम स्थल मानीने खोलाका कुरहरु पुरिने लगायतका कारणले पछिल्लो समयमा खोलामा माछापाईन छोडेको छ । 

माछा मार्न विभिन्न बिषादीहरु प्रयोग गर्नुलेपनी खोलामा माछा पाईन छोडेको कतीपय स्थानीयको भनाई छ । जिल्लाको कैलाश खोला, मंगलसेन नगरपालीका, कमल बजार नगरपालीका र ढकारी गाउपालीकाको सिमाना भएर बग्ने चाईराखोला लगायतका स्थानीय खोलाहरुमा यो समस्या बढी देखीएको यस क्षेत्रका स्थानीयको गुनासो छ । 

केही बर्ष पहीले त खोलामा बेच्नलाई पनी प्रसस्त माछा पाईन्थ्यो अहीले  खानलाई समेत पाईन छोडेको मंगलसेन नगरपालीका वडा न १ कुन्तीबण्डाली खेतगैराका स्थानीय दिर्घ थापाले बताउनुभयो । केही स्थानियको घरव्यवहार माछा व्यापारले चलाएको थियो अहीले खोलामा माछा छैन थापाको भनाई छ । 

सडक बिस्तारको क्रममा जंगल मासिने भएकाले पछिल्लो समयमा खोलानालाहरुमा पानीसमेत सुक्दै गएको अर्का स्थानीय बालेनाथ र पहराम रानाको भनाई छ । पहीले माछा खेल्ने ठूला खालहरुमा अहीले धमीलो पानी मात्र हुनेगरेको उहाको भनाई छ ।

भवानी प्रसाद भण्डारी