पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सबै वडामा अनलाइन प्रविधिको प्रयोग 

श्याम खतिवडा, दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकाले विकासमा प्रविधिको अधिकतम प्रयोग गरी पारदर्शिता कायम गर्ने भन्दै सबै वडाहरुमा अनलाइनमार्फत सेवा प्रवाह सुरु गरेको छ । 

गाउँपालिकाको ८ वटै वडाहरुमा व्यक्तिगत घटना दर्तादेखि अन्य प्रशासनिक कामहरु पनि अनलाइनकै प्रयोगबाट हुने गरेको प्रमुख प्रशासकिय अधिकृत नवराज पराजुलीले जानकारी दिनुभयो । 

उहाँले प्रविधिको प्रयोग गर्दा कार्य सम्पादन गर्न सहज भएको र सेवाग्राहीहरुलाई पनि तुरुन्तै सेवा दिन सजिलो भएको बताउनुभयो ।