पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दोश्रो चरणको अभियान सञ्चालनको तयारी

काठमाडौँ । सरकारले पहिलो चरणको विद्यार्थी भर्ना अभियानको सफलतापछि विद्यार्थीलाई टिकाइ राख्न र बाँकी विद्यार्थीलाई विद्यालयमा ल्याउन दोस्रो चरणको अभियान सञ्चालनको तयारी गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रारम्भिक विवरणअनुसार पहिलो चरणको राष्ट्रिय भर्ना अभियानमा विद्यालय बाहिर रहेका ५ देखि ९ वर्ष उमेर समूहका कक्षा १ देखि ५ सम्म ८८ हजार २०७ मध्ये ७६ हजार ६५७ विद्यार्थी भर्ना भएका छन् भने ५ देखि १२ वर्ष उमेर समूहका कक्षा १ देखि ८ सम्म तीन लाख १३ हजार २८९ मध्ये दुई लाख ५३ हजार ५५६ बालबालिका विद्यालयमा भर्ना भएका छन् । 

भर्ना भएका विद्यार्थीहरुलाई टिकाई राख्न र बीचैमा कक्षा छाड्ने प्रवृत्ति रोक्नका लागि दास्रो चरणको अभियान सञ्चालन गर्ने तयारी गरेको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले बताउनुभयो ।