पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विश्व वातावरण दिवसलाई महाअभियानका रुपमा मनाइने 

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्व वातावरण दिवसलाई महाअभियानकै रुपमा वर्षभरि नै मनाइने बताउनुभएको छ । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले जेठ २२ गते मनाउने विश्व वातावरण दिवसलाई औपचारिक कार्यक्रमभन्दा पनि महाअभियानकै रुपमा वर्षभरि नै मनाउन लागिएको बताउनुभयो । 

उहाँले विशेषगरी शहरी क्षेत्रमा बढ्दै गएको प्रदूषण नियन्त्रण, फोहरमैला व्यवस्थापन र वृक्षरोपणलाई उच्च प्राथमिकता दिन लागेको जानकारी दिनुभयो ।