पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पचास प्रतिशत महिलामा पाठघेर मुखको क्यान्सर

काठमाडौं । ५० प्रतिशतभन्दा बढी महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुने गरेको पाइएको छ ।  

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले देशका विभिन्न ठाउँमा गरेको पाठेघरको मुखको क्यान्सर परिक्षणका क्रममा यस्तो देखिएको वीर अस्पतालले जनाएको छ । 

धेरै सन्तान जन्माएका, शारीरिक रुपमा बढी परिश्रम गर्ने, भारी बोक्ने, उकाली ओराली गर्ने महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । 

वर्षौदेखि पाठेघर खसेको समस्या झेलेर बसेका महिलाले छरछिमेकमा लाज हुने डरले समस्या लुकाउने गरेका कारण पनि महिलाहरुको पाठेघरको मुखको क्यान्सर बढ्दै गएको चिकित्सकको भनाई छ ।