पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपालको वार्षिक बैठक शुरु

radionepal

रोमा रायमझी/  रेडियो नेपाल
काठमाण्डौ । रेडियो नेपालकोे आगामी आर्थिक वर्ष २०७५÷७६ मा सम्पन्न गर्ने कार्यहरुको योजना तर्जुमा गर्न वार्षिक बैठक आजदेखि सिंहदरबारमा सुरु भएको छ । 
     ३ दिनसम्म सञ्चालन हुने बैठकमा चालु आर्थिक वर्षको योजनाको प्रगतिको विवरण त्यसको समीक्षासँगै आगामी आर्थिक वर्षका लागि सञ्चालन गर्न आवश्यक योजना तर्जुमाका सम्बन्धमा छलफल हुनेछ  ।
     बैठकको शुभारम्भ गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपालको प्रसारण प्रभावकारी ढंगमा अघि बढाउने र सूचना ,समाचार तथा मनोरञ्जन जस्ता रेडियो नेपालका प्रसारण सामाग्रीहरु गुणस्तरीय एवं समसामयिक योजनाहरु ल्याउन सम्बद्ध महाशाखाहरुलाई निर्देशन दिनुभयो । 
     कार्यकारी निर्देशक कार्कीले रेडियो नेपालमा सीमित प्राविधिक जनशक्ति रहको भन्दै एक आपसको समन्वय र सहकार्यमा रेडियो प्रसारणलाई प्रभावकारी बनाउनतर्फ सबैको ध्यानार्षण गराउनुभयो ।
     कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटाले रेडियो प्रसार सेवा शतप्रतिशत  जनतामाझ पु¥याउने र प्रसारणको गरिमा अभिवृद्धि हुने खालका योजना तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।
     त्यसैगरी योजना बिस्तार महाशाखाका प्रमुख टंककुमार खत्रीले नतिजामुखि, कार्यान्वयन योग्य योजनाहरुलाई प्राथमिकतामा राख्न सबैलाई आग्रह गर्नुभयो । 
    बैठकमा रेडियो नेपाल केन्दीय, क्षेत्रिय तथा  प्रादेशिक प्रसारण केन्दका प्रमुखहरु र विभिन्न कर्मचारी संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुबीच आगामी आर्थिकवर्षमा सञ्चालन गर्नुपर्ने कार्यहरुको योजनाबारे छलफल हुनेछ ।