पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

श्रष्टा सम्मान :  रेडियो नेपाल

radionepal

   - रोमा रायमाझी / रेडियो नेपाल 
काठमाण्डौ । रेडियो नेपालले नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याउनु हुने श्रष्टाहरुलाई विभिन्न श्रेणीमा सम्मान प्रदान गरेको छ । सम्मानित श्रेणीबाट वरिष्ठ गीतकारद्धय दिनेश अधिकारी र श्रीपुरुष ढकाललाई सम्मान गरिएको छ भने प्रतिष्ठित श्रेणी वरिष्ठ गायकद्धय शम्भु राइ, सूर्य थुलुङ र लोकगायिका बीमा कुमारी दुरालाई प्रदान गरिएको छ ।
त्यसैगरी ३२ जना श्रष्टाहरुलाई  अन्य श्रेणीहरुको सम्मान प्रदान गरिएको छ । 
त्यसअवसरमा रेडियो नेपालले सम्पन्न गरेको पाँचौ चरणको संगीत प्रशिक्षणमा सहभागिहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
      सम्मानपत्र एवं प्रमाणपत्र वितरण गर्नुहुँदै सञ्चार, सूचना तथा प्रविधिराज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले रेडियो नेपालले श्रष्टालाई प्रदान गरेको सम्मानको प्रशंसा गर्नुहुँदै आगामी दिनमा पुरस्कृत गर्ने ढंगबाट रकम छुटयाउनुपर्ने बताउनुभयो ।
सञ्चारराज्यमन्त्री बाँस्कोटाले सबैलाई आर्कषित गर्ने क्षेत्रका रुपमा रहेको संगीत र साहित्यका क्षेत्रको माध्यमबाट देश र जनताको श्रीवृद्धिमा सक्रिय भैरहन श्रष्टाहरुलाई आग्रह गर्नुभयो ।