पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वैदेशिक रोजगार ‘एप’ सार्वजनिक

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार मोबाइल ‘एप’ सार्वजनिक भएको छ । 

साझा सवाल मिडियाले     वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरेर एप सार्वजनिक गरिएको जनाएको छ । 

कार्यक्रममा वैदेशिक रोजगार विभागका निर्देशक रामकुमार थापाले यो एपले कामदार र व्यवसायीबीच पुलको काम गरेको बताउनुभयो । एप सञ्चालनका लागि चाहिने आवश्यक सूचनाबारे विभागले सहयोग गर्ने उहाँको भनाई थियो ।