पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हिमपहिरोको कारण गंगापूर्ण ताल जोखिममा

radionepal

- नवीन लामिछाने , मनाङ 
मनाङ, ३० जेष्ठ ।
हिमालपारिको  जिल्ला मनाङको नेस्याङ गाउँपावलका वडा नं ६मा रहेको  गंगापूर्ण ताल दिनानुदिन साघुरिँदै गहेको छ । गंगापूर्ण  हिमालको फेदीमा रहेको यस तालहमालको फेदीवाट आएका ग्लेसियरका ेहिउँ पग्लियर  पहीरो जाने गर्दछ । जुन हिउँ पहिरोसँगै आउने ढुगंा माटोले ताल पुरिँदै गएको छ । तालको वरिपरि रहेका ग्लेसियर अर्थात हिमनदी हिउँ पग्लिएर काला पत्थरहरू उजाड देखिन थालेका छन् । झनै हिउँ पहिरोवाट बगेर आएका बगरहरूले तालको शोभा घट्नुको साथै तालको आकार साँघुरिदै गएको छ ।  अन्नपूर्ण पदमार्गमा आउने पर्यटकहरू मनाङ गाउँ आएपछि दुइदिन रेष्ट गर्दा यस तालको वरिपरि गएर ग्लेसर र अन्नपूर्ण दोस्रो तेस्रो र चौथो हिमश्रृंखलाको अवलोकन गर्ने गर्दछन् । यसरी प्रकृतिले दिएको मनोरम दष्यासँगै हाम्रा संपदाहरूको जगेर्ना नहँुदा भएका पनि लोप हुने अवस्थामा पुगेको छ ।