पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भारतीय नहर थुनेर आन्दोलनमा उत्रने चेतावनी

नवलपरासी । पश्चिम नवलपरासीको गण्डक प्रभावित समुदायले भारतले क्षतिपूर्ति नदिए भारतमा सिँचाइका लागि पानी जाने नहर थुनेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । 
 
गण्डक  कमाण्ड क्षेत्रभित्र वर्षेनी भइरहेको नोक्सानीको क्षतिपूर्तिको माग सुनुवाइ नभएको भन्दै गण्डक पीडितले पुनः आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । 

गण्डक सम्झौताको मर्मअनुरुप भारतले काम नगरिदिएका कारण पश्चिम नवलपरासीका साविक १३ गाविस क्षेत्रका सबै बालीनाली डुबानमा पर्दै आएकाले त्यहाँका किसान वर्षेनी नोक्सानी सहन बाध्य छन् । 

मागप्रति बेवास्ता गरिए आफूहरू संघर्षमा उत्रन बाध्य हुने गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दूधनाथ गुप्ताले बताउनुभयो ।