पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वन्यजन्तु मैत्री बन्यो नारायणगढ–मुग्लिन सडक 

चितवन । विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहुन भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ । 

आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न चारवटा सडकमुनिबाट हिँड्ने बाटो निर्माण गरेको छ । 

आयोजनाको परामर्श दाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार आयोजनाले चारवटा पोखरी निर्माण गरेको छ भने मुख्य वन क्षेत्रको सडकमा फेन्सिङ र वन्यजन्तुको अनुगमन पनि गरिरहेको छ ।